भारतिय सेनाध्यक्ष नेपाल आउँदै

कात्तिक २६, काठमाडौँ-प्र्रधानसेनापति गौरवशमसेर जबराको निमान्त्राणामा भारतिय सेनाध्यक्ष दलबिर सिंह आज नेपाल आउदै छन् । सिंहलाई ४ दिने निम्तो दिदै बोलाइएको सैनिक मुख्यालयले जनाएको  छ । ४ दिने नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्रि तथा रक्षामन्त्रि शुशिल कोइरालासंग भेटवार्ता गर्नुे कार्यक्रम रहेको बताइएको  छ । सोही अवसरमा राष्ट्रपति रामवरण यादवले भोली सेनाध्यक्ष सिंहलाई नेपाली सेनाको मानार्थ महारथिको दज्र्यानि चिन्ह प्रधान गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा उनले नेपालका विभिन्न स्थानको भ्रमण गर्ने बताइएको  छ । त्यस्तैसेनाध्यक्ष सिंहले आसान्न सार्क शिखर सम्मेलनको सुरक्षा तयारी र नेपाली सेनालाई उपलब्ध गराउने सहयोगका बारेमा समकक्षी जबरासंग छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।