शंका नर्गनुस्, तोकीएकै समयमा संविधान आउँछ प्रधानमन्त्री

कात्तिक २६, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमा नै संविधान जारी हुने भएकाले  आशङ्का नगर्न सबैलाई आग्रह गरेका छन् ।  कोइ।रालाले आफूहरु सहमति, सहकार्य र एकताबाटै अघि बढ्न चाहेकोले विश्वस्त हुन र धैर्यधारण गर्न आग्रह गरेका हुन् । नेपाल पत्रकार महासङ्घले तीन महिने विशेष अभियानका क्रममा प्रधानमन्त्री निवास बालुवाटार पुगेको महासङ्घको टोलीमार्फत ध्यानाकर्षण पत्र बुझ्दै उहाँले त्यसका लागि सबै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् । प्रम कोइरालाले संविधान निर्माणमा पत्रकार महासङ्घलगायत समग्र प्रेस जगतको सकारात्मक भूमिकाको अपेक्षा गरेको समेत जिकीर गरेका थिए ।