झडपमा प्रहरी सहित ८ घाइते

कात्तिक २३, गोरखा-गोरखामा सवारी साधनको माग गर्दै प्रदर्शनका उत्रेका स्थानीयबासी र प्रहरीबीच झडप हुंदा एक प्रहरीसहित आठ जना घाइते भएका छन् । सदरमुकामसम्म जाने छोटो दूरीको सबारी साधनको माग गर्दै गोरखा नगरपालिकाको वडा नम्बर ८ लक्ष्मीबजारमा आज बिहान प्रदर्शनमा उत्रेका स्थानीयबासिन्दा र प्रहरीबीच दोहोरो झडपका क्रममा केही बेर लक्ष्मीबजार तनाबग्रस्त बनेको थियो । सो स्थानबाट सबारी साधन नचल्ने र बाहिरबाट आउने सबारी साधनले स्थानीय नागरिकालाई नचढाउने भएपछि स्थानियले सवारी साधन रोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीलाई समेत ढुंगा हानिएको थियो । जवाफमा प्रहरीले लाठ्ठीचार्ज गरेको थियो । घट्नामा एउटा बस समेत तोडफोड भएको प्रहरीले जनाएको  छ ।