बारामा अज्ञात व्यक्तिद्धारा बालिकाको हत्या

कात्तिक २३, बारा-अज्ञात व्यक्तिद्धारा बारामा एक बालिकाको हत्या भएको छ । कलैया नगरपालिका ८ की १३ वर्षकी बालिकाको गएराति हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको शरीरमा बाहिरी चोट नभएकाले कसरी हत्या भएको हो अहिले नै भन्न सकिने अवस्था छ ।  कलैया स्थित जिल्ला अस्पताल पछाडी अचेत अवस्थामा फेला परेकी बालिकालाई उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।