बाबुराम भट्टराईलाई टाइफाइट

कात्तिक २३, काठमाडौं-पूर्वप्रधानमन्त्री तथा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाइ टाइफाइट भएको छ । आजको नागरिक दैनिकमा समाचार छ । शीर्ष नेताको बैठकमा भट्टराइ बिहीबार अस्वस्थ अवस्थामा नै सहभागी बनेका थिए । उनले बिहीबार फेसबुक पेजमा भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरले सल्लाह लेख्दै शीर्ष नेताको बैठक बसिरहेकाने तस्बिर पोस्ट गरेका थिए । त्यसलगत्तै रगत परीक्षण गर्दा टाइफाइट देखिएको हो ।