संसारलाई चक्मा दिँदैछ कतार

कात्तिक २२, काठमाडौ – विश्वकप २०२२ को आयोजकको रुपमा फिफा कार्यसमितिले खाडी मुुलुक कतारलाई चयन गर्दा यसको ब्यापक आलोचनासँगै प्रश्न उठाइयो-भ्रष्टाचारको दलदलमा रहेको, अत्याधिक गर्मी र कमजोर फुटवल संस्कारयुक्त यो देशले कसरी फुटवल महामेला गराउँन सक्छ ?

मध्यपूर्वकाे देशमा विश्वकप आयोजना तयारी सुरु भइसक्दा धेरैले पत्याउन सकेनन् । धेरैले आशंकाका पहाड उठाइरहे, कामदारको मानवअधिकार हनन् भइरहेको देशमा यत्रो महामेला सम्पन्न हुन सक्ला ?

यद्यपि, अहिले पिरिस्थितिमा ठूलो बदलाव आइसकेको छ, अविश्वास र आलोचना चिर्दै कतारले विश्वकप २०२२ को स्वागत तयारीमा ठूलो फड्को मारिसकेको छ । लाग्छ, उसले विश्वलाई नै चक्मा दिँदैछ, नागरिक दैनिकमा खबर छ ।

सिंगो कतारको एउटै अर्जुनदृष्टि छ- विश्वकपका लागि समयमै सबै पूर्वाधार कसरी तम्तयार पार्ने । तयारीमा कतारको तन्मय यस्तो छ, मानौं, उसलाई आफूबाट विश्वकप खोस्ने सम्मको प्रयास भइरहेको बारे केही जानकारी छैन ।

विश्वब्ब्यापी रुपमा कतारको चर्को गर्मी, विश्वकप आयोजना अधिकार पाउन करोडौं डलर घुस खुवाएको, विदेशी कामदारमाथि दासको रुपमा ब्यवहार गरेको जस्ता आरोपको छायाँ उसले विश्वकप तयारीमा कत्ति पर्न दिएको छैन ।