एमाले केन्द्रीय कमिटि बैठक बस्दै, नेपाल पक्ष कडा रुपमा प्रस्तुत हुने

कात्तिक २२, काठमाडौँ-नेकपा  एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्वको कार्यसैली प्रति असन्तुष्ट नेता माधबकुमार नेपाल पक्षले कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ । पार्टी एकलौटि ढंगले अगाढि बढेको, महत्वपुर्ण निर्णय लिदा पार्टीमा छलफल नगरेको, शासकीय स्वरुपमा अडान छाडेको भन्दै नेपाल पक्ष कडा रुपमा प्रस्तुत हुने तयारीमा रहेको एक नेताले  विकाश लम्सालले जानकारी दिए । बैठक मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्नेछ । कात्तिक १४ गतेको बैठकमा नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी र मनोमानीरुपमा निर्णय गरेको आरोपसहित ध्यानाकर्षणपत्र प्रस्तुत गरेका विषयमा पनि छलफल हुन सकेको छैन ।  कात्तिक १४ गते शुरु भएको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कात्तिक १८ गते बोलाइएपनि बस्दै नबसि स्थगित गरेर आजको लागि बोलाइएको हो ।