‘ए’ डिभिजन लिग – आज एक खेल हुदै

पुष १२, एजेन्सी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।