ओमिक्रोन संक्रमण तीव्र भएपछि नयाँदिल्लीमा रात्रीकालीन कर्फ्यु

पुष ११, काठमाडौं -भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा नियन्त्रणको प्रयासस्वरुप कर्फ्यु लागु हुने भएको छ ।

राज्य सरकारले सोमबारदेखि रातिको समयमा कर्फ्यु लागु गर्ने घोषणा गरेको हो।

नयाँ वर्ष सन् २०२२ को अवसरमा हुन सक्ने भीडभाड र त्यसले बढाउने संक्रमणको जोखिमलाई मध्यनजर गरेर सावधानीको लागि रात्रीकालीन कर्फ्युको निर्णय गरिएको हो ।

दिल्लीमा आइतबार थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।