माओवादी महाधिवेशनः बन्दसत्र आज बिहान ११ बजे सुरु हुने

पुष १२, काठमाडौं  – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। उद्घाटनसत्र सकिएसँगै आजबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ।

नेता जनार्दन शर्माका अनुसार आज बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ।