गरिमा र निरञ्जनको ‘बैना रुमाल’ (भिडियो)

पुष १२, काठमाडौं – गायिका रजिना रिमाल र गायक युनिस शाहीको नयाँ गीत ’बैना रुमाल’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत स्वयम गायक युनिस शाहीको रहेको छ ।

गीतमा सञ्जीव बराइलीको एरेन्ज ,मिक्सिङ र रेकर्डिङ समावेश छ । भिडियोमा मोडल गरिमा शर्मा र निरञ्जन प्रधानको अभिनय रहेको छ ।

गरीमा र निरञ्जनलाई अभिनयमा सुरत हुमागाईँ र गोमा न्यौपानेले साथ दिएका छन् । हरि हुमागाईँको भिडियोमा निर्देशन र सम्पादन रहेको छ ।

गीतलाई क्रीएटिभ ह्याट्स युट्युब च्यानल सर्च गरेर हेर्न सकिन्छ ।