जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ – जनरल इन्स्योरेन्स कम्पनीकातेस्रो वार्षिक साधारण सभासम्पन्न भएको छ । साधारण सभाा सोमवार कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ । कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको जनाएको छ ।