सतीश चापागाईँको ‘सरकार चाहियो’ सार्वजनिक

 

असार २२, काठमाडौ – अमेरिकामा वस्दै आएका संचारकर्मी सतीश चापागाईँको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको गीतमा संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका छन । प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो।

मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका छन् ।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।

 

भिडियो हेर्नुहोस्