प्रधानमन्त्री ओलीले भनेः सम्झाइबुझाई गइरहेका छौ,पार्टी समूहगत रुपमा भागबन्डा चल्दैन

वैशाख ९, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै पनि गुट नचल्ने बताएका छन् । पार्टी सुदृढ बनाउने भन्दै एमालेमा अब कुनै पनि गुट नचल्ने बताएका हुन् ।

एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका असन्तुष्ट पक्षलाई गल्ती स्वीकार गरेर आएमा भूमिका दिइने बताएका छन् ।

उनले आफ्नो सम्झाउने कदमलाई कमजोरी नठान्न समेत चेतावनी दिएका छन् । कुनै पनि गुटको प्रतिनिधित्व गर्ने व्यक्ति वा नेतासँग अब सहकार्य नहुने उनको भनाइ छ । उनले एमाले पार्टी मजबुत रहेको समेत बताएका छन् ।