कर्णालीमा बैशाखमा हिमपात, किशानलाई राहत

वैशाख ९,हुम्ला – कर्णालीका उच्च हिमाली जिल्लामा हिमपात भएको छ ।

बुधबार बिहानैदेखि वर्षात भएको थियो । तर मध्यरातिबाट भने हिउँ परेको हो ।

कर्णालीका उच्च हिमाली जिल्ला हुम्ला, डोल्पा, जुम्ला र मुगुमा लगायतका जिल्लामा हिमपात भएको हो ।

त्यहाँका उच्च भेगमा भने भारी हिमपात भएको छ । कर्णालीमन चैत्र महिनादेखि गर्मी सुरु हुन्छ । तर यसवर्ष भने बैशाखमा हिउँ परेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ ।

नाम्खामा भने बुधबार दिउँसोदेखि नै हिउँ पर्न सुरु भएको थियो । हिउ परेपछि कर्णालीका किसान खुसी भएका छन् ।