लुम्बिनीका मुख्यमन्त्री भन्छन्, पार्टी शुद्धिकरण अभियान सञ्चालन गरौँ

वैशाख ९, बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमाले पार्टी सुदृढिकरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा सामाजकि सञ्जाल फेसबुकमा शुभकामना दिदै यस्तो बताएका हुन् ।

उनका अनुसार सबैले पार्टी एकताको भावनालाई आत्मसाथ गर्नुपर्छ । उनले अघि लेखेका छन्, पार्टी स्थापना दिवसको उपलक्षमा हार्दिक मंगलमय शुभ कामना । एकताको भावनालाई आत्मसात गर्दै पार्टी सुध्दिकरण र सुदृढिकरणको अभियान सञ्चालन गरौ।

उनले पछिल्लो समय एमाले एकतामा जोड दिदै आएका छन् । तत्कालीन नेकपाको विभाज रोक्न पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

खासगरी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्का अध्यक्षसँग भेटवार्ता र छलफलमा सहभागी हुन्थे । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७३ वर्ष पुगेको छ ।