प्रचण्डको अपिल : सबै बामपन्थीहरू एकता होयौ

वैशाख ९, काठमाडौ – नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल हाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्टहरू एकता अपरिहार्य रहेकोमा जोड दिएमा छन् । कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गदर्दै प्रचण्डले प्रतिगमन विरूद्व एकजुट भएर अघि बढ्न पनि सबैलाई आग्रह गरेका हुन् ।उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा गर्नुपर्छ ।

 

परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको आवश्यकता हो । अहिलेको ऐतिहासिक आवश्यकता लाई पूरा गनर्नुको विकल्प नरहेकोमा उनले जोड दिएका छन् ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको पनि उनको भनाई छ ।

गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गर्दै प्रचण्डले त्यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिँदै प्रचण्डले शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन्