सरोज र गम्भीर अभिनित ‘नौतले घर’ सार्वजनिक ( भिडियो )

पुष १२, काठमाडौ – सरोज र आश्मा फिचर्ड गायिका तुलसा लिम्बुको ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वर सुन्न सकिन्छ।  डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।