प्रभुु क्यापिटलले कमलादी गणेशस्थान मन्दिरमा जडान गर्यो अटोमेटिक सेनिटाईजर मेशिन

पुष १२, काठमाडौ – प्रभु क्यापिटल लिमिटेडले अटोमेटिक सेनिटाईजर मेशिन जडान गरी हस्तान्तरण गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा उक्त मेसिन जडान गरेको हो ।

संस्थाले शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि उक्त मेशिन जडान गरी हस्तान्तरण गरेको बताएको छ।

प्रभु क्यापिटलले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।