आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हरायो

साउन २१, एजेन्सी –  घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित भएको छ ।

साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो ।

पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २ –० ले आफ्नो बनाएको थियो ।