लेबनानको राजधानी बेरूतमा भएको विष्फोट, ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

 

साउन २१, एजेन्सी – मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ।

विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।

लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो।

लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्।