नेपाल बैंक लिमिटेडले ७.९९ प्रतिशत ब्याजमै घरकर्जा दिने, ५ बर्ष व्याज नबढ्ने

साउन २१, काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ ब्यबशाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यबशाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ क्षेत्रकै न्युन ब्याजदर हो ।