भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध

साउन ११, एजेन्सी – भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । साथै पंंक्षीका फुल र लार्भामा समेत प्रतिबन्ध गरेको छ ।

कोरोना भाइरसजस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन्।

आदेशमा यदि आदेशको उल्लङ्घन गरेको भेटिएमा वन्यजन्तु व्यापारमा सम्लग्नलाई अपराध कानून बमोजिम कडा सजाय हुने बताइएको छ।

विश्वले कोभिड–१९ विरूद्धको लडाई लडिरहेका समय जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग नियन्त्रणका लागि यो कदम लिइएको अधिकारीहरूले बताएका छन्।