देवेन्द्र र मेलिनाको ‘मुसुक्क हाँस’ सार्वजनिक

साउन ११, काठमाडौं – देवेन्द्र बब्लु र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘मुसुक्क हाँस’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा गायक देवेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ भने श्यामस्वेत रसाइलीको मिक्सिङ र एरेन्ज रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोलाई गायक देवेन्द्र बब्लुले नै निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् । भिडियोमा देवेन्द्र र रोशनी कार्की फिचर्ड छन् ।