पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ४८ ढोका खोलिए

साउन ६, काठमाडौं सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।

कोसीको बहावले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

उनीहरुलाई नदी किनाराको बस्तिमा नबस्न सूचित गरिएको छ । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ ।