यि हुन आपँका फाइदा

असार ३१, काठमाडौं – आपँलाई फलफूलको राजाको रुपमा लिइने गरिन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ।

आँप खादाँका फाइदाहरु भने यसप्रकार छन्

प्रजनन क्षमतामा वृद्धि गराउँछ

आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

प्रशस्त खनिजयुक्त पाइन्छ

आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन्।

यौन क्षमता बढाउछ

आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी ह्दयाघात हुनबाट बचाउछ ।

छालामा चमक ल्याउछ

आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

क्यान्सर हुनबाट बचाउँछ

आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।

आँखाको शक्ति बढाउँछ

यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ।

फाइबर र भिटामिन पाइन्छ

आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।

पाचन प्रक्रिया राम्रो बनाउँछ

आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।