सरुवा रोग विशेषज्ञ डा. अनुप भन्छन, “काठमाडौमा लापरबाही देखिएको छ, भयावह स्थिति आउन सक्छ ।”

असार ३१, काठमाडौ – कोरोना भाइरस सक्रमणको सख्या घटिरहेको तथ्याङ्क सार्वजिक भएको छ । तर काठमाडौमा चाहि प्राय दिन प्रतिदिन सक्रमित भेटिरहेका छन । हालको यो अबस्थालाई कसरी हेर्न सकिन्छ ? अवस्था कस्तो छ र अव कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलासंग इमेल खवर डट कमले कुराकानी गरेको छ । उनीसंग गरेको कुराकानीको अशं ।

काठमाडौंमा अहिले कोरोना भाइरस संक्रमितको अवस्थालाई हेर्दा कसरी बिश्लेषण गर्न सकिन्छ ?

काठमाडौं अहिले संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । यहां रहेका भनौं या मैले हेरेको संक्रमितहरुका कुनै पनि लक्ष्क्षण देखिएको छैन । उनिहरुको टेष्ट कुनै न कुनै आधारमा गरिएको छ । अहिले काठमाडौबाट ठुलो जनसंख्या बाहिर निस्केको छैन । बाहिरबाट आउने व्याक्तिहरुमा संक्रमण देखिएको छ । त्यसै गरि अस्पतालको सम्पर्कमा आएकाहरुमा पनि सक्रमण देखिएको छ । यसरी हेर्दा समुदायसम्म भाइरस फैलिसकेको अवस्था छैन । तर हामी एकदम होसियारी भने हुनु पर्दछ । सुरक्षा अपनाउनु पर्दछ ।

अहिले मानिसहरु निष्फिक्री हिडिरहेका छन् । सार्वजनिक यातायात पनि सञ्चालनमा आउन थालेका छन् । यसले भोलिका दिनमा कत्तिको जोखिम निम्त्याउदछ ?

हो, अहिले काठमाडौंको अवस्था हेर्दा कोरोनाको सन्दर्भमा एकदमै लापरवाही देखिन्छ । ब्यक्तिहरुले सुरक्षाका निश्चित मापदण्डहरु पनि पुरा गर्न छोडेका छन् । तर, यसरी ब्यक्तिले लापरवाही गर्दा भोलिका दिनमा कोरोना भाइरसको भयावह स्थिति आउन सक्दछ । बाहिरबाट आएका मानिसहरु घुलमिल हुन थालेपछि संक्रमण फैलिन सक्दछ । यातायातको प्रयोग संगै उच्च सावधानीपूर्वक अगाडी वढ्नु पर्दछ ।
यसै गरि घरबाहिर बाहिर निस्कने ब्यक्ति पनि घरमा ब्यवस्थित हुन नसकेमा खतरा निम्त्याउन सक्दछ । ब्यक्तिले आफुलाई ब्यवस्थित गर्न नसकेमा भोलिका दिनमा बिस्तारै बिस्तारै समुदायमा फैलिने जोखिम बढ्ने देखिन्छ । त्यसैले घर वाहिर निस्किेने व्याक्तिले घर भित्र पनि परिवारका सदस्यसंग दुरी कायम गर्न उचित हुन्छ ।

अहिलेको तथ्यांक हेर्दा संक्रमितको संख्या घट्दो रुपमा छ । तर बिज्ञहरुले चांहि परिक्षण घटाएर कम संख्या देखाइएको हो भनिरहेका छन् । बास्तबमा यसलाई कसरी हेर्न सकिन्छ ?

पहिलोको अवस्थामा बाहिरी देशबाट आउने संख्या ठुलो थियो । भारता, दुवई कतार जस्ता देशहरुबाट भित्रिनेको संख्या ह्वात्तै बढेको थियो । उनिहरुलाई मात्रै लक्षित गर्दै क्वारेन्टाइन निर्माण गरियो र परिक्षण गरियो । त्यतिवेला संक्रमितको संख्या पनि बढेको पाइयो । तर अहिले बाहिरबाट आउनेहरुको संख्या घटेको छ । त्यसकारण परिक्षण पनि घटाइएको हो । यसरी हेर्दा संक्रमितहरुको संख्या कम हुनु स्वाभाविक नै हो । अब भने समुदायमा निश्चित मापदण्ड निर्माण गरि परिक्षणको दायारा बढाउनु पर्दछ । जोखिम रहेको समुदायलाई लक्षित गर्दै परिक्षण गर्नुपर्दछ ।

अहिले हावाबाट पनि कोरोना संक्रमण हुन सक्ने कुराहरु आइरहेका छन् ? यो कत्तिको सत्य हो ?

अहिले हावाबाट कोरोना संक्रमण सर्ने कुराहरु आइरहेका छ । तर त्यत्तिकै हावाकै भरमा सर्ने चांहि हैन । संक्रमित ब्यक्ति बसेका स्थानमा या भनौ कोठामा खोक्दा हाछ्युउ गर्दा ति कणहरु टाढासक्म पुग्न सक्दछन् । यदि प्रशस्त मात्राम झयाल भेन्टिलेशन नभएको ठाउमा ति कणहरु सतहमै रहिरहन्छन् जसले गर्दा अन्य ब्यक्तिलाई संक्रमण सर्ने जोखिम हुन्छ । हावाबाट पनि रोग फैलियो भनेर बिज्ञहरुले बताउन थालेका छन् । यो एक शंकाको घेरामा छ र यो हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस्तो अवस्थामा आफुलाई सुरक्षित राख्न चांहि के गर्नुपर्दछ ?

यस्तो अवस्थामा तीन कुराहरु बिर्सन हुदैन । माक्स, फिजिकल डिस्टेन्स र सेनिटाइज । यि तीनकुराहरुलाई मन्त्रको रुपमा लिनु पर्दछ । ब्यक्तिहरुसंग भेट्दा बोल्दा अनिवार्य माक्स लगाएर फिजिकल डिस्टेन्स अपनाउनु पर्दछ । माक्सलाई पनि प्रत्येक दिन तातोपानीले धोएर सुकाउनु पर्दछ । भिडभाडमा नस्किने । सरसफाइमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । बाहिरबाट आउने ब्यक्तिहरुले लापरवाही गर्नु भएन । क्वारिन्टिनमा वस्नु पर्छ थप सावधानी अपनाउनु पर्दछ ।