समीक्षा र कृष्णको तीज गीत ‘तिज आयो’ सार्वजनिक(भिडियो)

असार ३१, काठमाडौं – समीक्षा अधिकारी र कृष्ण काफ्ले स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।

‘तिज आयो’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा, आकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले कम्मर हल्लाएका छन् ।

म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् ।