घरमै कसरी बनाउने फेस प्याक ?

जेठ २९, काठमाडौं – कोरोना महामारीको कारण यतिबेला ब्युटी पार्लर जाने अवस्था छैन । त्यसकारण सौन्र्दयमा केहि कमी आएको हुन सक्दछ । सौन्दर्य बढाउन पार्लरमा मात्र निर्भर नभई घरमा उपलब्ध हुने सामाग्रीहरुको प्रयोगबाट सौन्र्दयमा निखरता ल्याउन सकिन्छ । घरमै फेसियल देखि फेस प्याक निर्माण गरि लगाउन सकिन्छ ।

घरमै कसरी बनाउने फेस प्याक ? यसबारे यहां केहि उपाहरुको चर्चा गरिएको छ ।

आलु र दहीको फेस प्याक – एउटा आलुलाई मिक्सरमा हालेर धुलो बनाउने र त्यसको धुलो एक चम्चा र एक चम्चा मिसाउने । यसरी तयार पारिएको पेस्टलाई अनुहारमा लगाउन सकिन्छ । अनुहारका लगाएको प्याकलाई करिब १५ मिनेट पछि धुन सकिन्छ । यसले गर्दा अनुहारमा केहि चमकता आउने गर्दछ ।

बेसार र महको प्याक – मह र बेसारमा थोरै गुलाब जल मिलाएर यसलाई घाटी र अनुहारमा लगाउन सकिन्छ । यसले छालाको स्याहारको साथै अनुहारमा चमक ल्याउन मद्दत गर्दछ।

गाँजर फेस प्याक – गाजरको स–सानो टुक्रा बनाएर त्यसलाई घुलो बनाई त्यसमा आधा चम्चा मह मिसाएर, त्यसलाई आनुहारमा १५ मिनेटसम्म राखेपछि पानीले धोएमा पनि छालामा निखारता ल्याउँछ।

बेसार र चन्दनको फेस प्याक –थोरै बेसारमा चन्दनलाई मिसाएर अनुहारमा २ देखि ३ मिनेटसम्म मसाज गर्नुहोस् र १० मिनेट पछि अनुहार धुनुहोस्, यसो गर्नाले अनुहारको चमक झनै बढ्दै जान्छ।