सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

जेठ १५, काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण फैलिदै गएको अवस्थामा सजगता अपनाउन मन्त्रालयलेआग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै यस विषम परिस्थितिमा थप सजगता र कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेका छन् ।

पछिल्लो अपडेट अनुसार नेपालमा मुतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको छ ।हासम्म ५१ जिल्लामा संक्रमणख देखिएको छ ।