बजेटको प्राथमिकतामा स्वास्थ्य, छुट्याइयो ६ अर्ब

जेठ १५, काठमाडौं – आर्थिक वर्ष २०७७र७८ को बजेटमा स्वास्थ्यलाईे ६ अर्ब बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

कोरोना नियन्त्रणका लागि औषधि, उपकरण तथा उपचारका लागि सो रकम छुट्याइएको खतिवडाले बताएका छन् । हरेक स्थानीय तहमा १५ शैयासम्मको बनाइने र आगामी वर्षमा थप २७२ अस्पतालका लागि १४ अर्ब २७ करोड बजेट छुट्याइएको छ ।

त्यसैगरी पोखरा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भेरी, भरतपूर र डडेलधुरा अस्पताललाई स्तोरन्नती गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने बजेटमा उल्लेख गरिएको छ ।

नागरिकहरुमा बिमाको पहुंच बढाइने बजेटमा उल्लेख गरिएको छ । ३ वर्ष भित्र सबै नागरिकमा स्वास्थ्य बिमा पुग्ने तथा स्थानीय तहको ४० प्रतिशतलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनका लागि सरकारले ७ अर्ब ५० करोड बजेट छुट्याएको छ ।

सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त देश बनाइने घोषणा गरेको छ । कुष्ठ रोेग, क्षय रोग, एड्स रोग नियन्त्रण गर्नका लागि ४ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ ।