सामाजिक न्याय सहितको आर्थिक समृद्धि : प्रमुख परियार

जेठ १५,काठमाडौ  – प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ एकताको बलमा मुलुकलाई समाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशामा लैजानु आजको आवश्यकता भएको बताए ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रियता, जनजीविका र लोकतान्त्रिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने बताए

प्रदेश प्रमुखको सचिवालयद्वारा जारी गरिएको शुभकामना सन्देशमा उनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएको जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध, २०६२/६३ को एतिहासिक जनआन्दोलन र मधेश आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

यसका साथै सङ्घर्षको क्रममा घाइते हुने योद्धाको स्वास्थ्यलाभको कामना, गणतन्त्र प्राप्तिको सङ्घर्षको क्रममा बेपत्ता भएका नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै उनले बेपत्ताहरुको सार्वजनीकिकरण गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे ।