नेपाली भूमिभित्र भएका गतिविधि रोक्न भारतलाई नेपालको आग्रह

बैशाख २७, काठमाडौ – नेपाली पक्षसंग कुनै सल्लाह नै नगरी भारतले एकतर्फी रुपमा नेपाली भुमि लिपुलेक हुदैै मानसरोवर सडक मार्ग उद्घाटन गरेपछि नेपाल सरकारले चासो देखाएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै १८१६ को सुगौली सन्धि बमोजिम महाकाली नदीपूर्वका क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको जनाएको छ ।

मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ । ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, शनिबार परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।