किसान महासंघको अपिल – भारतीय कदम बिरुद्ध आन्दोलनको तयारीमा जुटौ ।

बैशाख २७, काठमाडौं –नेपाली पक्षसंग कुनै सल्लाह नै नगरी भारतले एकतर्फी रुपमा नेपाली भुमि लिपुलेक हुदैै मानसरोवर सडक मार्ग उद्घाटन गरेपछि यतिबेला भारतीय कदम बिरुद्ध नेपालमा तीव्र बिरोध शुरु भएको छ ।

शुक्रबारमात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट सडकको भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरेको समाचार सार्वजनिक भए पछि नेपालमा भारतीय कदमको सर्वसाधारणदेखि विभिन्न दलका नेता कार्यकर्ताले समेत विरोध गरेका छन ।

यसै सन्र्दभमा अखिल नेपाल किसान महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै नेपालको कुनै पनि सहमति नलिई भारतले नेपाली भुमि मिचेकोमा नेपाली माथिको हेपाहा प्रवृत्ति देखाएको जनाएको छ । \

महासंघका संयोजक हरि पराजुलीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘भारतिय शासकवर्गले बिना कुनै सहमति हाम्रो भुमिमाथि कब्जा गरेर आफ्नो विस्तारवादी हेपाहा प्रवृत्ति प्रदर्शन गरेकोमा त्यसका बिरूद्ध आन्दोलनको तैयारीमा जुट्न आम आमा बुवा, दाजु भाइ, दिदी वहिनि सहित सम्पूर्ण राष्ट्रवादी देशभक्त समुदायमा हार्दिक अपिल गर्दछु ।’

यसै विच नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले पनि विरोध जनाएको छ । उस्ले भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्दा अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।