लकडाउनको मौका छोपेर सडकमा रङ लगाउदै

वैशाख २६, काठमाडौं- काठमाडौं मैतिदेवीको सडकमा रङ लगाउने कार्य भइरहेको छ। दुर्घटना न्यून गर्न तथा सवारी चालकहरूलाई निर्देशन गर्न सडकमा विभिन्न किसिमको रङहरू लगाउने गरिन्छ ।

सडक विभागले लकडाउनका वेला काठमाडौका सडकमा रङ गर्ने काम गरिरहेको छ । सडकमा कालो, सेतो र पहेँलोजस्ता विभिन्न रङहरू प्रयोग गरिन्छ। यी रङहरूले फरक फरक सन्देश दिएका हुन्छन ।