संगीतकार उमेश रेग्मीको गीति सँग्रह सार्वजनिक

बैशाख २६,काठमाडौं – संगीतकार उमेश रेग्मीले नयाँ गीति सँग्रह ‘बाबाको २ पैसे जागिर’ सार्वजनिक गरेका छन् ।

यो सँग्रहमा यी गीतहरुमा विश्व नेपाली, टीका प्रसाईं र भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ । यी सबै गीत उमेशले नै लेखेका हुन् । जसमा उनको ‘इनरुवा बजारमा‘’ ‘प्रिय तिम्रो तस्बिर कोर्न मन लाग्छ‘’ र ‘बाबाको २ पैसे जागिर‘.’ गरी चार गीतहरु छन् ।

शिर्षगीत ‘बाबाको २ पैसे जागिर‘’को म्युजिक भिडियो पनि रिलिज गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय रहेको छ ।