कोभिड –१९ को रोकथामका बीचमा पनि संवेदनशील मुद्दाका लागि उच्च अदालत खुला

चैत्र २३,कोभिड –१९ को रोकथामका बीचमा सुर्खेत जुम्ला उच्च अदालत जुम्लासहित साविक कर्णालीका पाँच वटै जिल्लाका अदालत संवेदनशील निवेदनका लागि खुला रहेका छन् । उच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित संवेदनशील मुद्दाका लागि अदालत खुला गरिएको जनाएको छ ।

सर्वोच्च अदालतको यही चैत ७ गते बसेको बैठकको निर्णयको निर्देशनानुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाले सुधारगृहबाट मुक्त पाउने भनिएका निवेदन, एक वर्षभन्दा कम समय भएकाहरुलाई जरिवाना तिरेर रिहाइ र कोरोनासम्बन्धी कुनै पनि निवेदनका बारेमा अदालत खुला रहेको मुख्य न्यायाधीश रत्नबहादुर बाग्चनले जानकारी दिए ।

जुम्ला जिल्ला अदालतमा दुई निवेदन परेका नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ । डोल्पामा एक र कालीकोटमा एक गरी सुधारगृहमा रहेका नाबालक लकडाउनका समयमा अभिभावकलाई जिम्मा दिइएको छ । यसैगरी कालीकोटमा तीन, जुम्लामा दुई, डोल्पामा एक र हुम्लामा एक निवेदन परेको जुम्ला इजलासको तथ्यांकमा छ ।रासस