घरमै यसरी राख्नुस आफुलाई फिट

 

चैत २३, काठमाडौं – शरीरलाई फिट र स्वास्थ्य राख्नु जरुरी हुन्छ । कोरोना भाइरस रोकथामका लागि लकडाउन शुरु भएसंगै यतिबेला जिमखाना, क्लबहरु पनि बन्द छन् । क्लबहरु बन्द भएसंगै कसरी फिट हुने भन्ने बिषय धेरैको चिन्ताको बिषय बनेको छ । यद्यपि घरमै ब्यायम गरेर पनि शरीरलाई सन्तुलनमा राख्न भने सकिन्छ ।

यसका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

दैनिक ब्यायम गर्ने बाहिर निस्कन त बन्देज छ । न क्लब जान पाइन्छ न त मर्निङ वाक नै हिड्न पाइनछ । घरमा बसेर बिभिन्न तरीकामार्फत फिट रहन सकिन्छ । घरमा योग गर्न सकिन्छ । योगाले मानिस शारीरीक सन्तुलन कायम गर्न मद्धत गर्दछ । युट्युब च्यानल हेरेर पनि आवश्यकता अनुशारको ब्यायम गर्न सकिन्छ ।

शरीरलाई डाइट निकै आवश्यक पर्दछ । लकडाउनका कारण घरमै बस्नाले खानेकुराको प्लान नबन सक्दछ । असन्तुलित खानाले स्वास्थ्यमा असर गर्न सक्दछ । त्यसकारण प्लान अनुसार खाने गनुपर्दछ । यसकारण खानामा दाल , सब्जी, फलफूल, खिचडी जस्ता खानेकुरा खानुपर्दछ ।

घरमा बस्दा धेरै मात्रामा फुर्सद नै हुन सक्दछ । यसकारण धेरैको चिया कफी पिउने बानी हुन्छ । यसरी धेरै मात्रामा खाने बानीलाई नियन्त्रण गर्नुपर्दछ । चिया, कफीको बिकल्पको रुपमा ग्रीन टी, एलो वरा जुस, आमाल जुस जस्ता चिजहरु खना सकिन्छ ।