नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वमा घिमिरे र उपाध्यायबीच प्रतिस्पर्धा हुदैं

कात्तिक २४, काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको हलमा केहीबेरअ अङि मतदान प्रत्रिया सुरू भएको हो ।

देशभरबाट आएका करिब ७८० मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ ।

संघका हालका महासचिव दीपक मुडभरी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह र भवानी शर्मा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपाल। कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानले उम्मेद्वारी दिएका छन्। आज साँझसम्म संघको नयाँ नेतृत्वको चयन हुनेछ । अहिले १८ हजार बढी सदस्य रहेको छ ।