उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने

 

कात्तिक २४, काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामवाली सावैजनिक गर्ने भएको छ ।

चुनावी कार्यतालिका अन्तर्गत आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गरेका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । गत विहीवार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।