“घामड शेरे” को गीत रिलिज– स्वस्तिमा र निश्चलको देखियो प्रेम (भिडियो)

कात्तिक २४, काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ’घामड शेरे’को नयाँ गीत रिलिज भएको छ ।

“सादा सादा ” बोल रहेको गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।

चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । हेमराज बिसी निर्देशित चलचित्रमा नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् ।