काठमाडौंमा आइपुगीन् युएनएफपीएका कार्यकारी निर्देशक

कात्तिक ३, काठमाडौं – युक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम काठमाडौं आइपुगेकी छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा उनि यहाँ आइपुगेकी हुन् ।  नोभेम्वर १२–१४, २०१९ मा नैरोबीमा आयोजना हुने जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५ औं शिखर सम्मेलनमा सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्न कनेम नेपाल आएकी हुन् ।

दुईदिने नेपाल बसाइँको क्रममा यूएनएफपीएका उच्च प्रतिनिधिमण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास साझेदार, सीएसओ र अन्य प्रमुख सरोकारवालाहरुसँग छलफल गर्नेछ ।