डकैत गरिरहेका डाँकामाथि प्रहरीद्धारा गोली प्रहार

असोज ९,काठमाडौं—जनकपुरधाममा बिहिबार विहान ३ बजे डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार जनकपुरधाम उपमहानगरपालिका गेटमा रहेको जानकी फर्नि्सिङमा डकैती गरिरहेका चार जनाको समूहलाई भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएका हो ।

ति मध्ये एक जना डाँकाको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको छ ।

अन्य पक्राउ पर्नेमा २ जना भारतीय र २ जना रौतहटका छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेका छन् । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ ।

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।