जीवनरक्षक औषधिको चरम अभाव, यी हुन् अभाव देखिएका जीवनरक्षक औषधि

भदौ ३१, काठमाडौं —नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो । बिरामीको अत्याधिक चाप हुने सरकारी तथा निजी अस्पतालमा जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज नहुँदा अभाव हुने गरेको छ ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारी अस्पतालमा जीवनरक्षक औषधिहरूको चरम अभाव देखिएको बताए । उनले भने, ‘यसका लागि औषधि व्यवस्था विभागलाई घचघचाइरहेका छौं । विभागले छिटोभन्दा छिटो जीवनरक्षक औषधिका लागि नियम र प्रावधानमा सहजीकरण गर्नुपर्छ ।’

सरकारी अस्पतालमा इन्जेक्सन एट्रोपिन, इन्जेक्सन एड्रेनालिन, इन्जेक्सन सोडियम बाइकार्बोनेट, इन्जेक्सन क्याल्सियम ग्लुकोनेट, इन्जेक्सन पोटासियम क्लोराइड, इन्जेक्सन भिटामिन ‘के’लगायतका अत्यावश्यक जीवनरक्षक औषधिको अभाव देखिएको छ ।

अभाव देखिएका जीवनरक्षक औषधि

– इन्जेक्सन एट्रोपिन
– इन्जेक्सन एड्रेनालिन
– इन्जेक्सन सोडियम बाइकार्बोनेट
–इन्जेक्सन क्याल्सियम ग्लुकोनेट
–इन्जेक्सन पोटासियम क्लोराइड
–इन्जेक्सन भिटामिन ‘के’

राजधानी दैनिकमा खबर छ ।