च्याम्पियन्स लिगः आज आठ खेलहरू हुने

भदौं ३१,काठमाडौं— युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज ८ खेलहरू हुँदैछन् । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गतका खेलहरूमध्ये आज ठूला १६ वटा टोलीले एक–अर्का्विरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलमा साबिकको विजेता लिभरपुलका साथै बार्सिलोना, चेल्सी, नापोली, इन्टर मिलान, आयाक्सजस्ता बलिया टोली पनि प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानले स्लाभिया प्रहासँग खेल्नेछ । मिलानकै मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः४० बजेबाट सुरु हुनेछ ।

यसैगरी आजको दोस्रो खेलमा फ्रेन्च क्लब लियोन र रसियन क्लब जेनिटले खेल्नेछन् । राति १०ः४० बजेबाट नै सुरु हुने उक्त खेल लियोनको मैदानमा हुनेछ । यस्तै तेस्रो खेलमा इंग्लिस टोली चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियासँग खेल्नेछ । चेल्सीको घरेलु मैदानमा हुने यो खेल भने राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

चौथो खेलअन्तर्गत रेडबुल र जेन्कले खेल्नेछन् । यो खेल पनि १२ः४५ बजेबाट नै हुनेछ १२ः४५ बजेबाट नै हुनेछ । यस्तै आजको पाँचौं खेल भने रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजको पाँचौं खेलअन्तर्गत साबिकको विजेता टोली लिभरपुलले इटालियन क्लब नापोलीसँग खेल्नेछ । नापोलीको मैदानमा हुने यस खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

आजको छैटौं खेलमा डच क्लब आयाक्स र फ्रेन्च क्लब एलओएससीले खेल्नेछन् । आयाक्सको घरेलु मैदानमा हुने यो खेल पनि राति १२ः४५ बजेबाट नै सुरु हुनेछ । यस्तै आज पोर्चुगिज क्लब बेन्फिका र जर्मन क्लब आरबी लेइपीचले खेल्नेछन् । बेन्फिकाको मैदानमा हुने यो खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
सोही समय, अर्थात् राति १२ः४५ बजे हुने आजको अन्तिम खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकी, आजको अन्तिम खेलमा दाबेदार मानिएको टोली बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुण्डले खेल्नेछन् । स्पेनिस क्लब बार्सिलोना यस खेलका लागि डर्टमुण्डको घरेलु मैदान जानेछ ।