‘घामड शेरे’को फस्टलुकमा फरक रुपमा देखिए निश्चल

भदौं ३१, काठमाडौं — चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक भएको छ ।

यसमा निश्चल बस्नेत फरक रुपमा देखिएका छन् । चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहेका छन् ।

निर्देशक हेमराज बिसी निर्देशन गरेको चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा सुष्मा निरौला, लोकेन्द्र लेखक, गौरी मल्ललगायतको पनि अभिनय रहेको छ ।