अब कर्मचारीका परिवारले सुराकी भत्ता नपाउने

भदौं २२, काठमाडौं राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीका परिवारले सुराकीबापतको भत्ता नपाउने कानुन बन्ने भएको छ ।

राजस्व चुहावट एवम् चोरी र पैठारीसम्बन्धी कसुर गरेको सूचना दिने त्यस्ता व्यक्ति (सुराकी) लाई पुरस्कार दिने व्यवस्था खारेज गरिएको विधेयक प्रतिनिधिसभामा पेस गरिएको छ ।

अर्थ समितिबाट पारित भएको राजश्व चुहावट तथा नियन्त्रण ऐन २०५२लाई संशोधन गर्न बनेको निधेयकमा निजामति कर्मचारी वा प्रहरीका परिवारका सदस्यले सुराकी गर्न पाउने तर त्यसबापत पुरस्कार रकम नपाउने प्रावधान राखिएको छ ।

यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।