सुरक्षाकर्मीहरुको कारबाहीमा अफगानिस्तानमा १२ लडाकूको मुत्यु, १७ घाइते

भदौं २२, काठमाडौं — अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।

सैन्य प्रवक्ता रेजाईका अनुशार सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएका छन् । घटनाको अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।