मुक्तिनाथ विकास बैंकमा ई–सेवामार्फत खाता

भदौं २२, काठमाडौं — मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच बैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ । सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्टरप्रतिनिधिहरूमार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैकले यस अन्तर्गत खोलिएका सबै बचत खातामा पहिलो वर्षका लागि मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुने जनाएको छ । सम्झौता पश्चात् ग्राहक खाता खोल्नका लागि बैंक धाउनुपर्ने अवस्था अन्त्य भएको उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा ई–सेवाको तर्फबाट ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।