रवि लामिछानेलाई थप ५ दिन प्रहरी हिरासतमा राखिने

भदौं ३,काठमाडौं — पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ ।

चितवन जिल्ला अदालतले रविसहित न्यूज २४ टेलिभिजनका पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले पहिलो पटक पाँच दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको थियो ।

अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै बस्नु पर्ने भएको छ ।